‘नेता हेलिकप्टर चढेर दुर्गम पुग्न सक्छन्, विद्यार्थीका किताब किन पुग्दैनन्रु’

काठमाडौँ । सांसदहरूले सरकारले समयमै विद्यालयमा किताब पुर्‍याउन नसकेको सरकारको आलोचना गरेका छन्।मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरूले किताब पुर्‍याउनेजस्तो कुरामा यो वा त्यो बहाना गर्न नमिल्ने बताए।बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले नेताहरू दुर्गममा हेलिकप्टर चढेर पुग्न सक्छन् भने पुस्तक किन पुग्दैन भनेर प्रश्न गर्नुभयो।

‘ठूला नेता हेलिकप्टरमा दुर्गम क्षेत्र पुग्न सक्छन्। पुस्तकलाई किन पुर्‍याउन सकिदैनरु यो वा त्यो नाममा एक्स्युज माग्न हुँदैन, यसमा सम्झौता गर्न मिल्दैन,’ श्रेष्ठले भन्नुभयो,‘कि त प्रष्टसँग हाम्रो क्षमता छैन भन्नपर्‍यो। जनशक्ति, साधन स्रोतको अभाव हो कि, नेतृत्वको गैरजिम्मेवारी हो थाहा सबैले थाहा पाउनुपर्‍यो।’नेकपा (एमाले) सांसद योगेश भट्टराईले जनक शिक्षा सामग्री केन्द्रको संस्थागत पुनर्संरचना आवश्यक रहेको बताउनुभयो।

‘जनक शिक्षा सामग्री केन्द्रको अयोग्यताको कारण आज विद्यार्थीहरूले समयमै पुस्तक नपाएका हुन् । यो लाचारी हो,’ उहाँले भन्नुभयो,‘संघीय शिक्षा ऐनको अभावमा धेरै समस्या छन्। यो ऐन तुरून्त ल्याउनु पर्छ। संघीय शिक्षा ऐन तत्काल ल्याउन समितिले निर्देशन दिनुपर्छ।’एमालेकै सांसद सरिता न्यौपानेले कुनै नगरपालिका, गाउँपालिकाले चाहँदा पनि शिक्षामा सुधार हुन नसकेको बताउनुभयो ।

‘ऐन नआउँदासम्म शिक्षकको समस्या पनि समाधान हुँदैन। विभिन्न बहानामा शिक्षक भर्ना रोकिन्छ,’ उहाँले भन्नुभयो,‘किन दुःख गरेर भए पनि अभिभावकले निजी विद्यालय पढाउँछन्रु, हामीले यसमा किन ध्यान दिएनौं   ? ’नेकपा (माओवादी केन्द्र) की अञ्जना विशंखेले दार्चुला, कैलाली, रौतहट, बारा, ललितपुरमा समेत पुस्तक नपुगेको बताउनुभयो ‘व्यवस्थापनमा हामी किन यति कमजोर छौं। यसको दोषी को होरु,’ उहाँले भन्नुभयो,‘एकले अर्कालाई दोष दिएर उम्किन खोजिँदैछ।’ सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…