नेपालले क्यानडासँग टी–२० र एक दिवसीय शृंखला खेल्ने

काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी–२० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ । स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग टु खेल्नुअघि नेपालले क्यानडासँग द्विपक्षीय शृंखला खेल्ने तय नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।  क्यानडामा द्विपक्षीय शृंखला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ ।

स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग टुका ४ खेल खेल्ने छ । पहिलो खेल असार २७ गते नामिबियासँग हुने छ । अमेरिकामा भएको लिग टुको ओमानसमेत सम्मिलित शृंखलामा १ खेल जितेको नेपालले २ खेल हारेको थियो भने एक खेल बराबरी गरेको थियो । लिग टुमा अहिलेसम्म १६ खेल खेलेको नेपाल १५ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…