भ्रष्टाचार गर्ने २१ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा चलखेल गरेको भन्दै कर्मचारी, बिचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुना ललितपुरका तत्कालीन कार्यालय प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरीसमेत १२ जना कर्मचारी र ५ जना बिचौलियासमेत गरी १७ जनाउपर गैरकानुनी रूपमा सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको भन्दै मंगलबार आरोप–पत्र दर्ता गरेको हो। एकान्तकुनामा ‘सिन्धुली फोटोकपी सेन्टर’का सञ्चालक बाबुराम शर्मा समेतले विचौलिया मार्फत चालक अनुमति पत्र सेटिङ गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा गलत नियतले मातहतका कर्मचारीहरूलाई अख्तियारी प्रदान गरेको र मेकानिकल इन्जिनियर विजयराज गिरी, सहायक स्तर कमल स्याङतान, सिनियर मेकानिक्स अच्युतप्रसाद फुयाल, करार सेवामा कार्यरत कम्प्युटर अपरेटरहरू प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी, रिचा श्रेष्ठ समेतले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्दा पदको दुरूपयोग गरेका थिए।

आफ्नो जिम्मेवारी अन्तर्गतको काममा अख्तियारीको दुरूपयोग गरी आव २०७७/०७८ र २०८९/०७९ साउन र भदौ महिनामा १४ महिनाको अवधिमा विचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्य समेतको मिलेमतोमा नवीकरण नभएका, स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट काम गरेको भेटिएको हो।

त्यसैगरी ५ सय ३३ जना नयाँ व्यक्तिको नाममा जारी गरेर सरकारी कागजात सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेकोले अख्तियारको ठहर छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ बमोजिम कसुर गरेको भन्दै सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता भएको हो । nagariknews.nagariknetworkबाट

 

सम्बन्धित समाचार

thumbnail

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…