माओवादीले पार्टी सदस्यबाट १०० रुपैयाँको दरले रकम संकलन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो ।

पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै बैठकमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र देखिएको समस्या समाधान गर्न चाँडै राष्ट्रिय सम्मेलन गर्न पहल गर्ने निर्णय भएको समेत गजुरेलले जानकारी दिनुभयो ।

‘विद्यार्थीभित्र जे समस्या देखा परेको छ, त्यो बारेमा विस्तृत छलफल भयो,’ उहाँले भन्नुभयो, ‘अहिले तत्काललाई दुवै पक्षलाई राखेर एउटा सहमति गर्ने र छिटै विद्यार्थीको राष्ट्रिय सम्मेलनका लागि पहल गर्ने ।’लामो समयदेखि विवादित बनेको अखिल क्रान्तिकारीमा एकपक्षीय रुपमा पदाधिकारी घोषणा भएपछि थप विवाद चुलिएको छ । यसै सन्दर्भमा शनिबार अखिल क्रान्तिकारीका नेताहरुले खुलमटारमा गएर अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…

thumbnail

२३.८५ अंकले घट्यो सेयर बजार

काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…