राष्ट्रिय गौरवका आयोजना निर्माणपछि ठूलो संख्यामा रोजगारी सिर्जना हुन्छ : दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न भएपछि भरतपुरमा ठुलो संख्यामा रोजगारी सिर्जना हुने जिकिर गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा न्यु आर आर क्लब भरतपुर–२१, शिव शक्ति युवा क्लब भरतपुर–१४ र सूर्योदय क्लब भरतपुर–१५ ले आइतबार संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सो कुरा उल्लेख गर्नुभएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १४,१५ र २१ मा राष्ट्रिय गौरवका आयोजना निर्माणधिन र निर्माण गरिने क्रममा रहेकाले यसले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने मेयर दाहालको भनाइ छ । भरतपुरमा हुने विकासले नै रोजगारी सिर्जना हुने भएकाले महानगरपालिकाले यस्ता परियोजनालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

‘भरतपुर १४ र १५ को सिमानामा ३०० शैयाको केन्द्रीय शिक्षक अस्पताल, वडा नम्बर २१ मा केन्द्रीय उद्योगग्राम निर्माण भएपछि यहाँका स्थानीयले रोजगारी पाउने छन्’, मेयर दाहालले भन्नुभयो । भरतपुर महानगरपालिकाले युवासँग मेयर कार्यक्रममार्फत बैँकबाट रु ५ लाख ऋण लिने उद्यमीलाई ब्याजमा शतप्रतिशत अनुदान प्रदान गर्दै आईरहेको बताउँदै मेयर दाहालले यो रकमभन्दा बढी ऋण लिनेलाई सहुलियत प्रदान गर्ने गरी कार्यविधि ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।

मेयर दाहालले महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने स्पष्ट नीतिअनुसार रोजगारी बैंक निर्माणको तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले युवाहरुले सीप, दक्षतामा ध्यान दिनुपर्ने बताउनुभयो । विकास निर्माणको कार्यमा सीप तथा दक्ष व्यक्तिको आवश्यक पर्ने भएकाले सबैले कुनै न कुनै सीप सिकेर बस्नुपर्ने उल्लेख गर्नुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…