सुदूरपश्चिमदेखि काठमाडौं आउँदा लखनउ पुगेर फर्किनुपर्थ्यो, अहिले त्यस्तो दुस्ख छैन : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशले विकास निकै ठूलो फड्को मारेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार समाजको सधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले अझै धेरै समस्याहरू यथावत् भएपनि सुदूरपश्चिमले विकासको हिसाबले ठूलो फड्को मारेको बताउनुभयो ।

‘म एसएलसी पास गरेर काठमाडौं छिरेको हुँ । त्यो बेला डडेलधुरादेखि धनगढीसम्म बसमा र त्यसपछि लखनउ हुँदै रेल चढेर, फेरि गाडी चढेर काठमाडौं आउनुपरेको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले सुदूरपश्चिम सिधै काठमाडौँसँग जोडिएको छ । अहिले त्यस्तो दुःख छैन ।’ प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका थुप्रै सम्भावनाहरुसँगै गरिबीको समस्या कायम रहेको बताउनुभयो ।

‘सुदूरपश्चिमको ठूलो समस्या भनेको गरिबी हो । गरिबी अझै पनि हटेको छैन । सुदूरपश्चिमका सारा युवाहरू लाहुर जाने भन्दै भारततिर छिर्न बाध्य छन् । हाम्रो देशको जुन पछिल्लो आर्थिक अवस्था छ, त्यो अनुसार सुदूरपश्चिमको विकास हुन सकेको छैन,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘फेरि पनि पहिलेभन्दा धेरै विकास भएको छ भन्ने लाग्छ । महाकाली त्यही छ, पश्चिम सेती त्यही छ । त्यहाँ थुप्रै सम्भावनाहरू छन् ।’

उनले सुदूरपश्चिमको गरिबी र अशिक्षा हटाई समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि अझै पनि सबै क्षेत्रबाट पहल हुनु आवश्यक रहेको बताउनुभयो । ‘यो प्रदेश मानव विकास सूचकांकमा पछाडि छ । यसलाई माथि उठाउनुपर्ने छ । त्यसका लागि तीन वटै तहका सरकारले सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री देउवाले सम्भावनाअनुसार लगानी भए सुदूरपश्चिम मुलुककै धनी प्रदेश बन्न सक्ने बताउनुभयो ,  ‘सुदूरपश्चिमको विकासको सम्भावना धेरै छन् । त्यसका लागि हामीले काम गर्नुपर्नेछ । त्यहाँ लगानी गर्ने मान्छेहरू लगानीको वातावरण पाउन सकेका छैनन् । सुरक्षित महसुस गरेका छैनन् । त्यसका लागि हामीले थुप्रै कामहरू गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो , ‘ती काम भए भने सुदूरपश्चिम देशकै सबैभन्दा धनी प्रदेश बन्न सक्ने सम्भावना राख्दछ ।’ ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…