सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ

काठमाडौं । काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

मंगलबार दिउँसो साढे १ बजे सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको थियो।घाइते भएका सुरक्षा गार्डलाई प्रहरीले उद्धार गरी मोडेल अस्पताल पुर्‍याएको थियो। उनको बायाँ कानमुनि चोट लागेको छ। उहाँको उपचारपछि डिस्चार्जसमेत भइसकेको छ।प्रहरीका अनुसार घटनामा सोही कलेजका मानविकी संकाय अन्तर्गत कक्षा ११ मा पढ्ने विद्यार्थीहरू संलग्न देखिएका थिए।

म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतीक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

जोसन बानियाँले सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ।१० दिन अघि कलेजमा बास्केट बल खेल्दा विद्यार्थीहरूबीच बिबाद भएको थियो । त्यही विषयलाई कलेजमा मंगलबार दुई पक्षबीच झगडा हुन लागेपछि रोक्न पुगेका सुरक्षागार्डमाथि आक्रमण भएको थियो।घटनाको थप अनुसन्धान प्रहरी वृत्त सिंहदरबारले गरिरहेको छ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…

thumbnail

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ। कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र…

thumbnail

भारतीय बजार गएका दाङका २ युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए

दाङ । दाङस्थित नेपाल–भारत सीतावर्ती क्षेत्रमा दुई नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ । आइतबार बिहान करिब ११ बजे भारतको मनीपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको जिल्ला…