सेनाले हटायो पूर्वमन्त्री कार्कीको घरअघि भेटिएको शंकास्पद कुकर

झापा । प्रदेश नम्बर १ का पूर्वमन्त्री एवं नेकपा एमालेका नेता हिक्मत कार्की र एमाले झापा अध्यक्ष दीपक कार्कीको गौरादह ३ स्थित घरअगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु हटाइएको छ ।

कुकरमा तार जडान गरेर राखिएको अवस्थामा उक्त वस्तु फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले शंकास्पद वस्तु हटाउन नेपाली सेनालाई आग्रह गरेको थियो।घटनास्थल पुगेर नेपाली सेनाले उक्त वस्तु हटाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीस्थित सेनाको डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुको डिस्पोज गरेका हुन्।प्रहरी नायब उपरीक्षक दीलिप गिरीका अनुसार कुकरमा तार जडान गरिए पनि उक्त कुकर खाली थियो। ‘यो तर्साउन राखेकोजस्तो देखियो । कुकरमा तार रहे पनि खाली थियो,’ उहाँले भन्नुभयो । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…