पार्टीका तर्फबाट एमाले ताप्लेजुङद्वारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई स्वागत

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा जनप्रनितिधिको रुपमा खेल्नुपर्ने रचनात्मक भूमिकाका बारेमा जाानकारी गराएको छ । पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको उपस्थितिमा एमालेले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको हो ।

एमाले जिल्ला कमिटी उपसचिव मणिशंकर पोमूले नवनिर्वाचित जनप्रनितिधिहरुलाई बधाइसहित जनताका साझा आवश्यकताको सम्बोधनमा केन्द्रित रहेर कार्य सम्पमादन गर्न पार्टीले आग्रह गरेका जानकारी दिए। कार्यक्रममा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यसहितको सहभागिता रहेको छ।

एमाले पोलिटब्युरो सदस्य तथा ताप्लेजुङ इञ्चार्ज तिलकुमार मेन्याङ्वो, केन्द्रीय सदस्य तथा जिल्ला कमिटी सहइञ्चार्ज उर्मिला थेबे, जिल्ला अध्यक्ष भूपेन्द्र थेबेसहितका जिल्ला कमिटीका पदाधिकारी, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला सचिवालय सदस्य एवम् जिल्ला कमिटीका सदस्यहरुको सहभागिता रहेको एमालेले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार