प्राध्यापकमाथि आक्रमणको विरोधमा अमृत साइन्स क्याम्पसमा प्रदर्शन

काठमाडौँ । काठमाडौंको ठमेलस्थित अमृत साइन्स क्याम्पसमा प्राध्यापक आक्रमणको विरुद्धमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ३ दिनअघि अनेरास्ववियुको क्याम्पस इकाई समितिमा आवद्ध विद्यार्थीले प्राध्यापक दिवाकर पाण्डेलाई कुटपिट गरेका थिए ।

प्राध्यापकले आफुलाई आक्रमण गर्ने विद्यार्थी विरुद्ध प्रहरी वृत सोह्रखुट्टेमा किटानी जाहेरी दिएका छन् । प्राध्यापकले दिएको जाहेरी दर्ता गरिएको प्रहरी वृत सोह्रखुट्टेका डिएसपी दुर्गा दाहालले बताउनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सो घटनामा संलग्न आरोपीलाई पक्राउ गर्न माग गरेको छ ।

अमृत क्याम्पसमा लामो सयमदेखि तालाबन्दी गरिएको छ । विद्यार्थीहरुले सो तालाबन्दी खोलेर पठन पाठनको वातावरण बनाउन माग गरेका छन् । प्लेकार्ड सहित प्रदर्शन गरेको अनेरास्ववियुका क्रान्तिकारीले भनेको छ–‘प्राध्यापक कुट्नेलाई कारवाही गर, राजनीतिक आडमा गरिने गुण्डागर्दी बन्द गर ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार