शौचालय सार्वजनिक प्रयोग गर्न दिनेलाई कर छुट हुँदैन, सरसफाइ सामग्री दिन्छौं : मेयर शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शौचालय सर्वसाधारण जनताका लागि प्रयोग गर्न दिने भनेका सरकारी, निजी संघसंस्थालाई कर छुट दिन नसकिने बतानुभएको छ ।

शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरिएको उहाँले प्रष्टाउनुभएको छ । ‘हामीले कर गरेर शौचालय प्रयोग गर्न दिनु भनेको होइन। उहाँहरूले हामी सेवा दिन चाहन्छौं भन्नुभएको हो,’ कार्यपालिका बैठकमा आज उहाँले भन्नुभयो, ‘उहाँहरूलाई कर छुट दिन सकिन्न। पहिले रेष्टुरेन्टलाई कर छुट दिने भनिएको थियो। तर रेष्टुरेन्टलाई कर छुट दिँदा बैंकलाई दिन सकिन्छ कि सकिन्न भन्ने आउँछ।’

कसैलाई कर छुट दिने कसैलाई नदिने गरी महानगरले भेदभाव गर्न नमिल्ने उहाँले बताउनुभएको छ । महानगरका तर्फबाट हरेक चार महिनामा ती सार्वजनिक प्रयोग गर्न दिइएका शौचालयमा सरसफाइ सामग्री दिने उहाँले बताउनुभयो । उहाँले कार्यालयका सार्वजनिक शौचालय भने कार्यालय खुलेको बेला मात्रै खुल्ने बताउनुभयो । महानगरले बनाएका सार्वजनिक शौचालय भने २४ सै घन्टा खुल्ने पनि उहाँले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार