एमाले सचिवालय बैठक भोलि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ।आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ।

सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ । केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार