प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेता पुगेप्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेता पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुग्नुभएको हो।

नेतारकार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उहाँहरूबीच छलफल भएको स्रोतको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक अघि बढाउने संकेत गर्नुभएको थियो ।

जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताउनुभएको थियो ।यसैबीच लोसपालाई सरकारमा ल्याउन प्रधानमन्त्री देउवाले गृहकार्यसमेत गर्नुभएको थियो । प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्। लोसपालाई आगामी संघीयरप्रदेश चुनावमा सत्ता गठबन्धनसँग तालमेल गर्ने गरी छलफल गरिएको स्रोतको दाबी छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार