परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नै अनुपस्थित

काठमाडौं । परराष्ट्र नीति बारेको छलफलमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित हुनुभएको छ । समितिले सोमबार बिहान छलफलका लागि मन्त्री खड्कालाई बोलाएको थियो ।

तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी गराउनुभयो । सभापति खरेलले भन्नुभयो, ‘अमेरिकी जर्नेलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिइरहेको छैन ।

कतिपय भ्रमणबारे परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको छ । यो विषयमा छलफल गर्न परराष्ट्र मन्त्रीलाई बोलाइएको थियो तर उहाँ आउन असमर्थ हुनुभयो ।’ मन्त्री नभए पनि छलफल गर्न उहाँले समितिका सदस्यहरुलाई आग्रह गर्नुभयो । बैठकमा नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताउनुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार