बेमौसमी वर्षा पीडित किसानले राहत नपाउनुमा गृह मन्त्रालय जिम्मेवार : कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गर्नुभएको छ । कृषि मन्त्रालयको बजेट र यसबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो दाबी गर्नुभएको हो ।

‘हामीले पीडित किसानको लागत संकलन गरेर गृह मन्त्रालय पठाएका हौं,’ मन्त्री यादवले भन्नुभयो, ‘वितरण हामीले गरेन भनेर आलोचना भएका छन्, तर दिने काम गृहको हो ।’मन्त्री यादवले किसान अनुदान र उखु किसानका भुक्तानी पनि पारदर्शी बनाएको दाबी गर्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार