स्वतन्त्र चुनावी सरकार गठन होस् : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आम निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गर्नुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको मिति तोक्नुपर्ने माग राख्नुभएको हो ।

‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भन्नुभयो, ‘सरकराले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ ।’यसैगरी, आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने समेत लिङ्देनको माग छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार