एसपीपीमा अमेरिकीले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने उल्लेख छ : सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गर्नुभएको हो ।

बुधबार कानुन मन्त्रालयका लागि विनियिोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद सुवालले प्रतिप्रश्न गर्दै यस्तो दाबी गर्नुभएको हो ।

‘एसपीपीमा अमेरिका सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने र बाहिर निस्कँदा हतियारसमेत बोक्न पाउने, गाडीसँगै हजाइजहाज पनि ल्याउने भनिएको छ,’ सुवालले भन्नुभयो, ‘देश विक्री भन्नुको अर्थ कसैले उठाएर लाने होइन ।

सरकारमा गएका पार्टी र नेताहरुलाई हातमा लिएर शासन गर्ने हो ।’ रुस पन्ध्र टुक्रामा विभाजित भएको विषय किन बुझ पचाइएको भन्ने उहाँको प्रश्न छ । भन्नुहुन्छ, ‘सत्तालोलुप नेताहरुकै कारण रुसमा पुजीँवादका पुनस्थापना भएको र देश पन्ध्र टुक्रा भएको किन बुझ पचाउनुभयो ?’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार