एसपिपी हामीलाई स्वीकार्य छैन भनेर अमेरिकालाई प्रष्ट भन्नुपर्छ : शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एसपिपी (स्टेट पार्टनरसीप प्रोगाम)ं स्वीकार्य नहुने बताएका छन्। उनले एसपिपी स्वीकार्य छैन भन्ने प्रष्ट कुरा अमेरिकालाई बताउनुपर्ने पनि उल्लेख गर्नुभएको छ ।‘

अमेरिकालाई प्रष्ट भन्नुपर्छ, एसपिपी हामीलाई स्वीकार्य छैन,’ बुधबार ट्वीट गर्दै उहाँले भन्नुभएको छ, ‘कांग्रेसको धारणा पनि यही हो।’उहाँले कांग्रेस पार्टी र कांग्रेस नेतृत्वको सरकारको पनि धारणा एसपिपी अस्वीकार्य भन्ने रहेको बताउनुभएको छ ।‘हामी साझा ढंगले प्रष्ट छौं।

समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य,’ उहाँले भन्नुभयो। यसैबीच कांग्रेसका अर्का महामन्त्री गगन थापाले पनि एसपिपी आवश्यक नरहेको बताउनुभएको थियो । उहाँले संसदमा उभिएर ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै शैलीमा एसपिपी सम्झौता हुँदैन, हुँदैन, हुँदैन भनेर यसबारे आएका भ्रम, भय र आशंकाका प्वाल हटाउन’ आग्रह गर्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार