काठमाडौँ । प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी हुनुभएको छ । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिई देउवा सो कार्यक्रममा सहभागी हुनुभएको हो ।
प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नीति कार्यक्रम तथा बजेटमाथि गृहमन्त्री बालकृष्ण खाँणले बोल्नुभएको छ। आफ्नो मन्त्रालयगत छलफलमा प्रधानमन्त्री देउवा सहभागी नभएपछि नेमकिपाका सांसद प्रेम सुवाल र एमाले सांसद भीम रावलले प्रधानमन्त्रीको खोजी गर्नुभएको थियो । रातोपाटीबाट