आगामी वर्षको बजेट प्रदेशको आर्थिक समृद्धिमा केन्द्रित : मन्त्री रावल

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिलाई केन्द्रित गरेर प्रस्तुत भएको बताउनुभएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बुधबार प्रदेश सभामा प्रस्तुत गरेको बजेटबारे बिहीबार आयोजित पत्रकारमा मन्त्री रावलले बजेट व्यवस्थित, सन्तुलित र समग्र क्षेत्रलाई समेटेर प्रस्तुत भएको दाबी गर्नुभयो ।

उहाँले बजेटले विशेषतः प्रदेश गौरवका आयोजना, अधुरा तथा क्रमागत रहेका बहुवर्षिय पूर्वाधार योजनालाई प्राथमिकतामा राखेर पेश भएको बताउनुभयो । उहाँले उत्पादन क्षेत्रको बृद्धि गर्दै आयात प्रतिस्थापन गरि निर्यातलाई जोड दिने गरि कृषि क्षेत्रमा योग्दान पुर्याउने गरि विनियोजन गरिएको बताउनुभयो ।उहाँले नौगाड र सुर्नयामा जलविद्युत आयोजना सञ्चालनमा ल्याउन नीजि, सरकारी, सहकारी र व्यक्तिको लगानीको अवधारणालाई अघि बढाएको बताउनुभयो । मन्त्री रावलले सबै मन्त्रालयको प्रतिवेदन र सुझावका आधारमा कार्यक्रम र योजनाहरू बजेटमा समावेश गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बाहिरका हल्लाका पछि नलागौं । बजेट सबैको सल्लाह, सुझाव र छलफलबाटै पेश भएको हो ।’ उहाँले प्रदेशमा अझै पनि प्राविधिक जनशक्ति अभाव रहँदा पुँजिगततर्फको वित्तिय प्रगतिमा सन्तोषजनक हुन नसकेको बताउनुभयो । मन्त्री रावलले टीकापुर अस्पताल, सेती र महाकाली प्रादेशिक अस्पताललाई जोडेर स्वास्थ्य शिक्षा विज्ञान प्रतिष्ठान प्रदेश सरकार आफैले संचालनमा ल्याउने गरि बजेटमा समावेश गरिएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार