चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको अग्रिमो आइपुग्यो

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो ९स्वीकृति० दिएको छ । श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार श्रेष्ठको अग्रिमो गत साता नै आइपुगेको हो । अब श्रेष्ठलाई नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् । त्यसपछि श्रेष्ठ बेइजिङ प्रस्थान गर्ने छन् ।

कतारका लागि राजदूत नरेन्द्रविक्रम ढकाललाई भने राष्ट्रपतिले दोहाबाट अग्रिमो आएसँगै जेठ २६ नै नियुक्त गरिसक्नुभएको छ । सरकारले श्रेष्ठ र ढकालसहित २० मुलुकका लागि गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । उनीहरू सबैको संसदीय सुनुवाई समितिबाट अनुमोदित भइसकेका छन् । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार