अखिल क्रान्तिकारीका उपाध्यक्ष कार्कीसहित ९ जना निलम्बनमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरिएको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको बैठकले उनीहरूलाई निलम्बन गरेको हो।

संगठनविरोधी गतिविधि गरेकाले अनिश्चितकालका लागि निलम्बन गरिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिनुभयो। अखिल क्रान्तिकारीको आइतबारको बैठकमा कुटाकुट भएको थियो।

तीनकुनेस्थित एक ब्याङ्क्वेटमा भएको बैठकमा उपाध्यक्ष पवन कार्की समूहसँग विवाद भएपछि कुटाकुट भएको हो।बैठकमा हो(हल्ला गरेपछि कार्की लगायतलाई प्रहरीले निकालेको थियो।कार्की सहितका विद्यार्थी नेताहरूलाई बाहिर निकालेपछि क्रान्तिकारीको बैठक सुरू भएको थियो।बैठकले अखिल क्रान्तिकारीका सदस्य संख्या १२ लाख पुर्‍याउने निर्णय गरेको उहाँले बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार