नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो।

केन्द्रीय कमिटीको बैठकको तयारीका लागि एस पार्टीले १० गते पोलिटब्युरो बैठक बोलाएको छ। एस पार्टीले केन्द्रीय परिषद् र १४ गतेका लागि बोलाएको छ। पार्टी विभाजन भएपछि सो पार्टीले पहिलो पटक केन्द्रीय परिषद् बैठक बोलाएको हो।

बैठकले अध्यक्ष माधव नेपालको प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न बैठकले अध्यक्ष नेपालको प्रतिवेदन पारित गर्दै ११ बुँदे विशेष प्रस्ताव पारित गरेको छ । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार