सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताकै छलफलले बजेट पारित हुनुअघि मन्त्री हेरफेर नगर्ने सहमति गरेको थियो । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्न लागेपछि अन्य दलहरुमा पनि मन्त्री हेरफेरको आवाज उठेको छ ।यसै वर्ष संघीय र प्रदेशसभा निर्वाचन हुने भएकाले सत्तारुढ गठबन्धनको बैठकमा चुनावको मिति तोक्ने र गठबन्धनको विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार