साढे दुई करोड कमाएर पौने चार करोड खर्च गरेका पूर्वसुब्बाविरूद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना पूर्वनायब सुब्बाले गैरकानुनी रूपमा २ करोड ४४ लाख रुपैयाँ कमाएको भन्दै मुद्दा हालेको छ।

अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन सुब्बा गणपति झाबाट २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैयाँ जफत गर्न विशेष अदालतमा मुद्दा हालिएको जानकारी दिएका छन् । अख्तियारका अनुसार झा २०३९ मंसिर ९ गते गाविस सचिव भएर सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनी गत साउनमा अवकाश भएका थिए।

यो बीचमा उनले सरकारी तलब, सुविधा, व्यापार, व्यवसायबाट २ करोड ४२ लाख ६७ हजार १ सा ४ रुपैयाँ कमाएको देखिन्छ तर उनले ४ करोड ८७ लाख ३८ हजार २ सय १० रुपैयाँ खर्च गरेका छन्। आम्दानीभन्दा दोब्बर बढी खर्च गर्न पैसा उनले गैरकानुनी तरिकाले कमाएको अख्तियारको दाबी छ।अख्तियारले झासहित उनकी श्रीमती र तीन जना छोराहरूलाई पनि प्रतिवादी बनाएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार