वीरगञ्ज महानगरद्वारा ३ अर्ब ३३ करोड ६३ लाखको बजेट प्रस्तुत

पर्सा । वीरगञ्ज महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९–८० का लागि उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गर्नुभएको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार