दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आउनुभएको थियो ।

उहाँले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेख्नुभएको थियो । प्रहरीले घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार