आगामी निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन भुसालको माग

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको छ।

आईतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष निर्वाचन तर्फ समानुपातिक समावेसी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गर्नुभएको हो।

उहाँले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाउन नसकेको पनि बताउनुभयो । त्यस्तै संविधानले व्यवस्था गरेको समानुपातिक समावेशीतालाई सरकारले लागू गर्नुपर्ने पनि उहाँले बताउनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार