नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मिकलर ताजिकिस्तानका राजदूतमा नियुक्त

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर ताजिकिस्तानका लागि राजदूतामा नियुक्त हुनुभएको छ । मेरिकाको राष्ट्रपति कार्यालका अनुसार राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलर ताजिकस्तानका लागि राजदूतमा नियुक्त हुनुभएको हो ।

ह्वाइट हाउसका अनुसार दुवै जनालाई अन्य मुलुकमा राजदूतका लागि नियुक्त गरे पनि नेपालका लागि उक्त जिम्मेवारीमा कसलाई पठाइन्छ भन्ने विषयमा उल्लेख गरिएको छैन । हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत मिकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुनुहुन्छ ।

उहाँ नेपालस्थित अमेरिकी दूतावासको नियोग उपप्रमुख भएर आउनुभन्दा पहिले मंगोलियाको उलानबाटारमा रहेको अमेरिकी दूतावासमा मिसनका उपप्रमुख हुनुहुन्थ्यो । मिकलरले वाशिंगटन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरोअन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गर्नुभएको थियो। त्यसबाहेक पनि विभिन्न मुलुकमा रहेका अमेरिकी नियोगहरूमा उहाँले लामो अनुभव बटुल्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार