एकीकृत समाजवादीका चार मन्त्रीले लिए सपथ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का चार जना नयाँ मन्त्रीले सपथ लिनुभएको छ । सोमबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरूलाई सपथ खुवाउनुभएको हो।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार मेटमणि चौधरीलाई शहरी विकास, जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्य मन्त्री नियुक्त गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरूले आजै कार्यभार सम्हाल्नुहुनेछ ।

स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हिराचन्द्र केसीलाई प्रधानमन्त्री देउवाले सपथ खुवाउनुभएको छ । एकीकृत समाजवादीले यसअघि मन्त्री भएकालाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय तीन साताअघि गरेको थियो । यसअघि राज्यमन्त्री रहेका खापुङ यसपालि स्वास्थ्य मन्त्रीमा बढुवा हुनुभएको हो । सांसद रहनुनभएका कुँवरलाई पनि एकीकृत समाजवादीले मन्त्री बनाएको छ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार