महिला मन्त्रालय एउटा प्रोजेक्टजस्तो भयो : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफू मातहतको मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताउनुभएएको हो ।

उहाँले महिला, बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत भन्दा जनसंख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गर्नुभयो । मन्त्री रेग्मीले मन्त्रालयको बजेट एउटा कुनै एक प्रोजेक्टको जति रहेको बताउनुभयो ।

उहाँले स्थानीय तहका एउटा नगरपालिकाले ४ अर्ब समेत बजेट पाउने गरेको तर महिला मन्त्रालयमा १ अर्बको मुख देख्नसमेत मुस्किल रहेको बताउनुभयो । उहाँले धेरै योजनाहरु भएपनि बजेट अभावकै कारण मन्त्रालयले काम गर्न नसकेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘तीतो सत्य भन्नैपर्छ मैले कहाँबाट शुरु गरौं । सबै भन्दा धेरै जनसंख्या भएको बढी जनसंख्या भएको ७५ प्रतिशतको अभिभावकत्वको दायित्व वहन गर्नुपर्ने मन्त्रालय तर केको बिडम्बना हो मैले बुझ्न सकेको छैन ।

अहिलेसम्म सबै भन्दा कान्छो यो मन्त्रालयमा पर्छ । महानगर,उपमहानगर र नगरपालिकाको ३ देखि ४ अर्ब भन्दा तलको छैन । तर यो मन्त्रालय प्रोजेक्ट हो की यो मन्त्रालयको भूमिका के हो स्पष्ट हुन जरुरी भयो । १ अर्बको मुख पनि देख्न नसकेको छ बजेटको दृष्टिकोणले मन्त्री भएर आउँदा ८० करोड बजेट रहेको अवस्था थियो । लबिङ गर्दा बल्ल यो वर्ष अर्बको मुख देखियो यो मन्त्रालयले १ अर्ब ७८ करोड भएको छ ।

बजेट भए मात्रै त हो । कार्यक्रमहरु ल्याउने योजनाहरु बनाउने । बजेटको अभावले गर्दा चाहेर पनि काम गर्न सकेनौँ । ७५ प्रतिशत मानिसहरुलाई सम्बोधन गर्न सकिएको छैन । बजेट भए अनुसार महिला बालबालिका र ज्येष्ठ नागरिकको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।’संसदहरूले मन्त्रालय खारेजको माग राखेपछि मन्त्री रेग्मीले महिला,बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक, अल्पसंख्यकको अभिभावक भएकाले मन्त्रालय खारेज गर्नु नहुने बताउनुभयो । मन्त्रालयले भूमिका धेरै भएपनि बजेट अभाव रहेको उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार