आगामी मौद्रिक नीतिले सबैखाले अर्थतन्त्रका चुनौतीको समाधान गर्नेछः गोल्छा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति सबैखाले अर्थतन्त्रका चुनौतीलाई समाधान गर्ने किसिमको आउने अपेक्षा गरेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले ल्याउने आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिले ठूला,साना, मझौला उद्योगीदेखि सर्वसाधरणहरुको समस्यालाई समेत समेट्ने गरी आउनेमा आशावादी रहेको बताउनुभयो । उहाँले अहिले अर्थतन्त्रमा चुनौती देखिएको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेको बताउनुभयो ।

अध्यक्ष गोल्छाले ५० लाख शेयर डिम्याट खाता खोलेर बसेका सर्वसाधरण समेत मौद्रिक नीतिकै आशमा बसिरहेको बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यसवर्ष अत्यन्तै गहन र जटिलरुपमा भोग्नु परेको पनि बताउनुभयो । अध्यक्ष गोल्छाले तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्ने चेतावनी दिनुभयो।

अध्यक्ष गोल्छाले बजार मूल्य ८ प्रतिशत कुरा गरेता पनि होलसेल मार्केटमा १८ प्रतिशत पुगेको जिकिर गर्नुभयो । उहाँले ५० लाख डिम्याट खाता खोलेर बसेका साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी शेयर बजारमा डुबेको बताउनुभयो । अध्यक्ष गोल्छाले शेयर लगानीकर्ताको अवस्था असहज भएकाले मौद्रिक नीतिले राहत देला भन्ने आशमा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको शेयर बजारले समेत गतिलिन नसक्नु अर्थतन्त्रको लागि चुनौतीपूर्ण रहेको बताउनुभयो।

अध्यक्ष गोल्छाले अहिले बैंकको ट्रेजरी बिलकोसमेत ब्याज बढेर १० प्रतिशत माथि पुगेको बताउनुभयो । उहाँले इन्टर बैंकिङ ब्याजदर समेत बढेर ५ प्रतिशत नागेको बताउनुभयो । अध्यक्ष गोल्छाले बैंकको सिडी रेसियोको चाप बढ्न थालेको ८ महिना बढी हुँदा बजारमा तरलता समस्या सुधारको संकेत समेत नभएको दाबी गर्नुभयो । उहाँले एकै पटक तरलताको समस्या समाधान गर्न कुनै जादुको छडी नभएको बताउनुभयो । अध्यक्ष गोल्छाले बजारमा तरलताको समस्या आगामी आर्थिक वर्षसम्म पनि कायम रहनसक्ने बताउनुभएको छ ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रमा सबैतिर देखिएका समस्याको भार निजी क्षेत्रलाई परको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको शुरुवात अर्थात ८ महिनादेखि बजारमा तरलता अभाव, बैंक ब्याजदर उच्च भएकाले निजी क्षेत्र निराश रहेको बताउनुभयो । अध्यक्ष गोल्छाले सरकारले आयात प्रतिवन्ध गर्ने वस्तुको सूची लामो हुँदा समेत आयात नघटेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले राष्ट्र बैंकले ल्याउन आगामी आर्थिक वर्षको मौद्रिक नीति समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको अवस्थालाई हेरर मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आगामी मौद्रिक नीतिमा बैंकमा लागू गरिएको सिडि रेसियो परिमार्जन गर्न सुझाव दिनुभयो । nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार