दिनभर बढेको बजार अन्तिम आधा घण्टामा ओरालो, कारोबार साढे ४ अर्ब नजिक

काठमाडौं । सोमबार दिनभर बढेको सेयर बजार अन्तिम आधा घण्टामा भने ओरालो लागेको छ । दिउँसो १ बजेर ४६ मिनेटमा २१४६ बिन्दुमा कारोबार भएको सेयर बजार साढे २ बजेपछि ओरालो लाग्न थालेको थियो । अन्तिममा बजार २०७६.६७ बिन्दुमा आएर रोकिएको छ ।

यो आइतबारको तुलनामा ९.७५ अंक कम हो । तर, कारोबार रकममा भने सोमबार उछाल आएको छ । सोमबार ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको छ । कुल २३४ वटा कम्पनीको ७५ हजार ७९० वटा कारोबारबाट १ करोड ९ लाख ८१ हजार ५ सय ९१ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, सामलिङ पावर, साल्ट ट्रेडिङ, विशाल बजार कम्पनीसहितका कम्पनीको मूल्य बढ्यो । ग्लोबल आईएमई डिभेन्चर, युनियन हाइड्रोपावर, ग्रिनलाइफ हाइड्रोसहितका कम्पनीको सेयर मूल्य धेरै घटेको छ । सोमबार शिवम सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार