म्याग्दीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (तस्बिरहरु)

बेनी । म्याग्दीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि सदरमुकाम बेनीमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुनेछ । २३ र २४ असारमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागित हुन खेलाडी छनौटका लागि प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । प्रदेश स्तरीय प्रतियोगितामा १११ जना खेलाडी र प्रशिक्षक सहभागि हुनेछन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नुहुदै प्रतियोगिताले विद्यार्थीमा रहेको प्रतिभाको पहिचान गरी प्रदेश र राष्ट्रिय स्तरमा पुग्ने अवसर दिलाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासको लागि सबैले जोड दिनुपर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी ,प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना लगातयले बोल्नुभएको थियो ।छात्र÷छात्रा,कवड्डी ,एथलेटिक्स ,कराते ,तेक्वान्दो र उसु विद्यामा खेलाडी छनौट गरिने भएको छ । प्रतियोगिताका विजेता विद्यालयलाई ट्रफी,प्रमाणपत्र र मेडल प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार