चट्याङले विद्युतगृहमा ठुलो क्षती ,विद्युत सेवा अवरुद्ध

बेनी । म्याग्दीका मालिका गाउँपालिका वडा नम्बर ४ स्थित विद्युत गृहमा चट्याङले ठुलो क्षती पु¥याएको छ । सोमबार विहान राति करिब तीन बजेकाे समयमा चट्याङले च्युरिबोट स्थित दाजुङखोला लघुजलविद्युत गृहको जेनेरेटरमा क्षती पु¥याएको लघुजलविद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार ,चट्याङले चार लाख ५५ हजार रुपैयाँ बराबरको क्षती भएको । जेनेरेटरमा क्षती भएपछि विद्युत सेवा अवरुद्ध भएको छ । ३० किलोवाट क्षमताको सो लघुजलविद्युत परियोजना बन्द हुँदा च्युरिबोट ,ओखरबोट ,महभिर छाप ,खतेन लगायत गाउँका तीन सय ७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार