अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौैं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले बुधबार राजीनामा दिएका दिनुभएको हो ।

जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो ।अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार