गलेश्वरमा १ महिने योग शिविर सुरु (तस्बिरहरू)

धनिलाल गर्बुजा

म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९, गलेश्वरमा निःशुल्क एक महिने योग शिविर संचालन सुरु भएको छ। गलेश्वरधाम आमा समुहको आयोजनामा शनिबार देखी गलेश्वरको बाटिका भवनको सभा हलमा एक महिने नियमित निःशुल्क योग शिविर शुरू भएकाे हाे ।

शिविरको उद्घाटन गर्दै गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनले नसर्ने रोगको जोखिम न्युनीकरणका लागि योगा अभ्यासलाई आम नागरिकको पहुँचसम्म पु¥याउनुपर्ने बताउनुभयो । नियमित योग गर्दा बिभिन्न किसिमका रोगहरु नियन्त्रण हुने भएकोले रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली, खानपान र योगाभ्यास आवश्यक रहेको उहाँको भनाइ थियो।

नवीन आनन्द योग केन्द समितिका अध्यक्ष सुरेन्द्र पौडेलले शिविरको आयोजना गरेकोमा गलेश्वरधाम आमा समुहलाई धन्यवाद दिदै आधुनिक जिबन शैलीमा योगको भुमिका अति आवश्यक रहेको बताउनु भयो । नियमित योग गर्दा बिभिन्न किसिमका रोगहरु नियन्त्रण हुने भएकोले सबै सहभागी हुन आग्रह गर्नु भयो । तदर्थ समिति गलेश्वरका संयोजक बालकुमार लामिछानेले योग गर्नाले मानिसको शारीरिक, मानसिक, भावनात्मक पक्षलाई सन्तुलनमा राख्न सहयोग गर्ने बताउँदै सर्वसाधारणको पहुँच सम्म पु¥याउने उद्देश्यले शिविरको आयोजना गरेको बताउनु भयो।

योगगुरु  तथा संस्थापक अध्यक्ष नवीन जुग्जालीले सदरमुकाम बेनीमा विसं २०७० मा स्थापना भएको नवीन आनन्द योग केन्द्रमा विभिन्न किसिमका योगासन गरी स्वास्थ्यलाभ भएपछि जिल्लाको हरेक स्थानीयतहमा समेत योग गर्नेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो।

बिहान ५ बजे देखि ६।३० बजे सम्म नियमित संचालन हुने उक्त शिविरको प्रमुख प्रशिक्षक नवीन जुग्जाली र कुलराज पौडेलले सहजीकरण गर्नु हुने छ। एक महिने निःशुल्क शिविर सम्पन्न भए पश्चात पनी योगाभ्यसलाई निरन्तरता दिइने आमा समुहकी सचिव निशा जिसीले जानकारी गर्नु भयो।

आमा समुहकी अध्यक्ष फुलकुमारी रोकाको अध्यक्षता बालकुमार लामिछानेको स्वागत र सचिव निशा जिसीको संचालनमा भएको कार्यक्रमको पहिलो दिन स्थानिय बृद्ध, बृद्धा आमा समुह, समाजसेवी लगायत ७० जना भन्दा बढीको सहभागी रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार