उपसभामुखमा भुसाल निर्वाचित (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।उहाँको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।

उपसभामुखमा भुसाल निर्वाचित

उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार हुनुहुन्थ्यो। भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन ।अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध पुष्पाले कांग्रेसमा लामो समय महिला विभाग र कानुन विभागमा काम गर्नुभएको थियो

उहाँले कांग्रेस भातृ संगठन नेपाल महिला संघमा महासचिवको रुपमा समेत काम गर्नुभएको थियो । २०५६ मा प्रतिनिधि सभा उम्मेदवार बने पनि पुष्पा पराजित हुनुभयो । २०७० सालको निर्वाचनमा भने उहाँ पराजित हुनुभयो ।त्यस्तै उहाँ २०७४ सालको निर्वाचनमा भने उहाँ समानुपातिक तर्फको सूचीमा बस्नुभएको थियो ।

राजनीतिमा सक्रिय हुनुअघि पुष्पा अध्यापनमा समेत संलग्न हुनुहुन्थ्यो । उहाँले त्रिभुवन विश्वविद्यालयमा १७ वर्ष प्राध्यापन गर्नुभएको थियो । पुष्पा वरिष्ठ अधिवक्तासमेत हुनुहुन्छ ।२०७४ मा उपसभामुख बन्नुभएकी शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिनुभएको थियो । त्यसयता उपसभामुख पद रिक्त रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार