मंसिर ४ मा निर्वाचन मिति तोक्ने सत्ता गठबन्धन दल सहमत

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिरमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमति भएका छन्। प्रधानमन्त्री निवास बालु्वाटारमा बुधबार बसेको बैठकले मंसिर ४ गते निर्वाचन मिति तोक्ने सहमति जुटेको हो।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंसिर ४ गते चुनाव मिति तोक्ने सहमति भएको बताइन्।

अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्ने निर्णय भएको उनको भनाइ छ। ‘अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनाव मिति तोक्नेछ। यस विषयमा गठबन्धन दलबीच सहमति जुटेको हो,’ उनले अन्नपूर्णसँग भनिन्। अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार