गलेश्वरमा साउन महिनामा १८ लाख ७० हजार रुपैयाँ भेटी संकलन

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब  १९ लाख रूपैयाँ भेटि संकलन भएको छ ।साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले १८ लाख ७० हजार २५३ रूपैयाँ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार तीन लाख ३९ हजार ५५६ रुपैयाँ , दोस्रो सोमबार तीन लाख १८ हजार ३३२ रुपैयाँ , तेस्रो सोमबार तीन लाख सात हजार १३ रुपैयाँ, चौथो सोमबार चार लाख ६१ हजार ४२३ रुपैयाँ र पाँचौ तथा अन्तिम सोमबार चार लाख ६८ हजार ९२९ रुपैयाँ भेटि संकलन भएको जानकारी दिनुभयो ।साउन महिनामा एक लाख २५ हजार जना भक्तजनले दर्शन र पुजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार संस्थाको विभिन्न बैंक तथा वित्तीय संस्थामा हाल तीन करोड नौ लाख ४९ हजार ५८८ रुपैयाँ मौज्जदात छ ।

जिल्ला प्रहरी, शसस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लव र आमा समूहका स्वमसेवकको सहभागितामा पुजालाई व्यवस्थित गरिएको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाहरु र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएका सदस्य सचिव बलबहादुर खत्रीले बताउनुभयो ।साउन महिनाको सोमबार ब्रत बसेर, कालीगण्डकी स्नान र शिवालयमा चल चढाएमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टनजमाथि अवस्थित गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ ।

द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको धार्मिक इतिहाँस छ ।भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब  दश करोड रूपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिंग, जडभरत, नटराज र लक्ष्मी नारायणको मुर्ति स्थापना लगायत भौतिक संरचना निर्माण भएका कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार