हाँडेभिरमा सुख्खा पहिरोले दुई जना पैदलयात्री घाईते

  म्याग्दी न्युज संवाददाता

बेनी । बेनी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोमा परि रघुगंगा गाउँपालिका–४,दरमिजा घर भएका याममायाँ पाईजा र तालमाया पुन घाईते भएको प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताउनुभयो । घाईते दुईजनालाई टाउँको र शरिरमा चोट लागेको छ । उनीहरुलाई बेनी अस्पतालमा उपचार गरिएको छ ।

टाउको रक कटिङ सडक फराकिलो बनाएको सो क्षेत्रमा सुख्खा पहिरो खसिरहन्छ । सो क्षेत्रमा पदैलयात्री र सवारीसाधनलाई आवातजावातमा जोखिम बढेको छ । सडक माथिको भाग चर्किएको छ । नियमित पहिरो खसिरहने क्रमले घटना दोहोरीने सम्भावना बढेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार