म्याग्दीमा ‘जनताको साथमा कांग्रेस ’अभियान शुभारम्भ (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । नेपाली कांग्रेस म्याग्दीले ‘जनताको साथमा कांग्रेस ’अभियानको शुभारम्भ गरेको छ। शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरेको हो । ०४ मंसिर हुने संघ र प्रदेश सभाको चुनावलाई लक्षित अभियानको पार्टी सभापति खमबहादुर बर्गुजा ‘खम्बिर’ले अभियानको शुभारम्भ गर्नुभयो ।

जिल्ला सभापति गर्बुजाको सभापत्विमा भएको कार्यक्रममा पूर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापतिद्धय हरिकुमार श्रेष्ठ, केबी भण्डारी लगायतका पदाधिकारी, भात्रृसंगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सभापति गर्बुजाले पार्टीको संगठनलाई थप क्रियाशिल र थप सक्रिय बनाउन बनाउन जिल्ला ,प्रदेशसभा ,पालिका ,वडा र टोल स्तरमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पार्टी केन्द्रिय समितिको निर्देशन अनुसार पहिलो चरण अन्तर्गत शुक्रबारदेखि सुरु भएको अभियान २४ गते सम्म संचालन हुने सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो । भने दोस्रो चरणको समानुपातिक उम्मेद्वारी दर्तापछि र तेस्रो तथा निर्णायक चरणको प्रत्यक्ष तर्फ उम्मेद्वारी दर्तापछि संचालन हुनेछन् । सबै स्थानीय तहमा अभियान सञ्चालन भएको छ।

कांग्रेसले पार्टीको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धी एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने, गठबन्धन हुदाँको अवस्थामा निर्वाचन जित्न सक्ने आधारहरु, गठबन्धनमा आवद्ध दलहरुसँग सहकार्य लगायतका विषयमा अभियानमा छलफल हुने जनाइएको छ ।

यो अभियानमा जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा पालिका कार्यसमितिहरुले अभियानको प्रभावकारी सफलताका लागि आवश्यकता अनुरुप प्रतिनिधि खटाउने कांग्रेस म्याग्दीले जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदानका लागि जनताको घर–आँगनमा पुग्ने र जनताको भावना अनुरुपको रुपान्तरण र विकास परियोजनाहरुबारे विविध ढंगले अन्तरक्रिया गर्ने बताइएको छ । उपसभापति श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सहसचिव श्रीराम पौड्यालले गनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार