म्याग्दी नदीले बगाएर एक जना युवक वेपत्ता

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना युवक वेपत्ता भएका छन् ।

त्रियुगा नगरपालिका–१० उदयपुरका २२ वर्षीय मिलन राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएका राईको खोजीकार्य गरिएपनि फेला नपरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

किनारमा राइले लगाएको कपडा मात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्याक्टर चलाउने काम गर्दै आएका स्थानीय वासी समेत रहेका वडा सदस्य प्रेम श्रीसले जानकारी दिनुभयो । म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिएपनि राई नभटिएका उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार