कांगेस म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’बाट ८ जना र ‘ख’बाट ९ जनाको नाम सिफारिस

  म्याग्दी न्युज संवाददाता

बेनी । आगमी मंसिर ०४ मा हुने निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ले उम्मेद्वारहरुको नाम जिल्लालाई सिफारिस गरेका छन् । सोमबार सदरमुकाम बेनीमा सम्पन्न प्रदेश ‘क’को भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र सामानुपातिकतर्फ बिमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएको प्रदेश सभा क्षेत्र ‘क’ ले जनाएको छ । त्यस्तै दरबाङमा सम्पन्न प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को भेलाबाट प्रत्यक्षतर्फ युवा नेता मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको छ ।

भने संघको समानुपातिक युवा नेता श्रीप्रसाद रोका मगरलाई सिफारिस गरिएको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘ख’का सभापति टंकप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार,प्रदेशको समानुपातिकतर्फ खिमबहादुर पुर्जा,देविकुमारी बुढा ,यामबहादुर हर्मेल ,तमबहादुर थापा ,तेजिन्द्र थापा, कमरा पटेल र अपाङ्गताबाट सुरेन्द्र खत्रीलाई सिफारिस गरिएको छ । प्रत्यक्षतर्फका उम्मेद्वार छन्त्याल नेपाल छन्त्याल संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ भने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।

राजनिक संगै युवा नेता छन्त्याल सामाजिक क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ ।रोका निवर्तमान मालिका गाउँपालिका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि ,तरुणदल म्याग्दीका उपाध्यक्ष हुनुहुन्छ । पुर्जा प्रदेश महाधिवेशनको प्रतिनिधि ,बुढा महाधिवेशन प्रतिनिधि ,हर्मेल महाधिवेशनको प्रतिनिधि ,पुर्व महाधिवेशन प्रतिनिधि ,तेजिन्द्र थापा प्रदेश सभा ‘ख’को उपसभापति ,पटेल पुर्व क्षेत्रीय सदस्य,प्रदेश महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । सभापति पुनले बैठकले पार्टी संगठनलाई थप सुदृढ र बलियो बनाउने निर्णय समेत बताउनुभयो ।गठबन्धनलाई बलियो बनाउन पार्टीले पहल गर्ने सभापति पुनले बताउनुभयो ।

पार्टीेको केन्द्रीय कार्यतालिका अनुसार प्रदेशसभाबाट जिल्ला हुँदै प्रदेश समितिमा पठाइने छ । उम्मेदवार सिफारिसमा प्रत्यक्षतर्फका श्रेष्ठ पार्टी उपसभापति र बेनी नगरपालिकाका निवर्तमान मेयर, गबुर्जा अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष, छन्त्याल ,प्रदेश सभा ‘क’का सभापति छन्त्याल, निर्वतमान पार्टी सचिव हुनुहुन्छ। त्यस्तै समानुपातितर्फ गौचन पार्टी प्रदेश कार्यसमिति सदस्य तथा महिला संघ म्याग्दीकी अध्यक्ष, श्रेष्ठ प्रदेश कार्यसमितिका सदस्य, मुकुन छन्त्याल तरुण दल म्याग्दीका अध्यक्ष र विक दलित अगुवा हुनुहुन्छ । केन्द्रिय मापदण्ड अनुसार तोकिएका उम्मेदवार बाहेक धेरै आकांक्षी भए जिल्लामै मतदान प्रक्रियाबाट छनौट गर्नुपर्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार