जसपा म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट छन्त्याल र ‘ख’बाट खाती

  म्याग्दी न्युज संवाददाता

बेनी । आगमी ०४ मंसिरमा हुने प्रदेशसभा चुनावका लागि जनता समाजवादी पार्टी नेपाल म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’बाट गण्डकी प्रदेश उपाध्यक्ष तथा म्याग्दी जिल्ला ईन्चार्ज जिवन खाती र प्रदेश सभा ‘क’बाट सुवेदार ईन्द्रबहादुर छन्त्यालको नाम सिफारिस गरिएको छ ।

११ गते बसेको प्रदेश कार्यसमितिको बैठकले प्रदेशसभा ‘ख’बाट खाती र ‘क’बाट सुवेदार छन्त्याललाई प्रत्यक्षतर्फका उम्मेद्वार बनाउने निर्णय गरेको हो ।खाती मंगला गाउँपालिका वडा नम्बर १ पुर्णगाउँका हुनुहुन्छ । भने सुबेदार छ्न्त्याल बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली निवासी हुनुहुन्छ । खाती व्यवसायी संगै सामाजिक क्षेत्रमा समेत क्रियाशिल हुनुहुन्छ । अन्य उम्मेद्वारी सिफारिस गर्न ईन्चार्ज खातीलाईजिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार