ब्राम्हण समाज नेपाल म्याग्दीको अध्यक्षमा लिलराम गौतम चयन

  म्याग्दी न्युज संवाददाता

बेनी ।ब्राम्हण समाज नेपाल म्याग्दीको तेस्रो अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा ठाकुरप्रसाद शर्मा, सचिव हरिप्रसाद पौडेल, कोषाध्यक्ष ज्ञानेन्दप्रसाद सुबेदी, सहसचिव नहकुल ढकाल रहेका छन् । समितिको सदस्यहरूमा मोतिराज गौतम, गोविन्दप्रसाद रिजाल, रामचन्द्र शर्मा,मनोज पौडेल, रेखाकौशल रेग्मी, चिरञ्जीवि आचार्य, निलकण्ठ सुबेदी, चन्द्रमणी सापकोटा,पुष्पा पौडेल घिमिरे, एकराज चापागाई, चिरञ्जीवि शर्मा, गिता रिजाल शर्मा, हरिनारायण सुबेदी रहेको सचिव पौडेलले जानकारी दिए । अधिवेशनबाट आर्थिक सल्लाहकार समितिको संयोजक गोरखनाथ सुबेदी, सदस्यहरुमा विष्णुप्रसाद आचार्य, भगवान ढुंगाना रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष लगायतका पदाधिकारी सदस्यलाई मुख्य निर्वाचत अधिकृत प्रकाश सुबेदीले सपथग्रहण सहित प्रमाणपत्र वितरण गरिएको थियो । यसैबीच बाह्मण महिला समाजमा रञ्जना सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्क्षमा इश्वरी शर्मा, सचिव निर्मला सुबेदी, कोषाध्यक्ष लक्ष्मी शर्मा, सहकोषाध्यक्ष अम्बिका ढुंगाना रहेको निर्वाचन समितिका सदस्य नेत्रराज सुबेदीले बताए । कार्यसमितिको सदस्यहरुमा पुष्पा गौतम, चण्डीका पौडेल, शान्ति आचार्य, इन्दिरा शर्मा, सावित्री कुमार उपाध्याय, निशा सुबेदी, मन्दिरा पौडेल, सरस्वती चापागाई, माँया ढुंगाना, सरस्वती चापागाई, मायाँ ढुंगाना, सरिता सुबेदी, पवित्रा कँडेल र समुन्द्र शर्मालाई चयन गरिएको छ । अधिवेशनको बहमण समाजका केन्द्रिय कार्यावाहक अध्यक्ष महेश पराजुलीले धर्म र संस्कार नभएको मानिस अनुशासनहीन हुने बताएका थिए । उनले समाजमार्फत देशैभरी रहेको समितिलाई थप बलियो बनाउनुपर्ने बताए ।

अधिवेशनमा संविधानसभाका सदस्य गोविन्द पौडेल, बेनी नगरपालिकाका मेयर सुरत केसी, बाह्मण समाजका महासचिव ओम शर्मा,गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मी, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष सोमनाथ ढुंगाना लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो। अधिवेशनको अध्यक्षता गिरिराज सुबेदी, स्वागत लिलाराम गौतम र सञ्चालन गोरखनाथ सुबेदीले गरेका थिए । नवनिर्वाचित अध्यक्ष गौतमले ब्राम्हण समाजको सचिवालय गठन तथा भौतिक संरचना सहित सबै पालिकाका समाजको गठन तथा विस्तार गरिने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार