म्याग्दीमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट’ अभियान

  म्याग्दी न्युज संवाददाता

बेनी । डेंगु संक्रमणको जोखिम बढेपछि बेनीमा डेंगु रोकथामका लागि अभियान सञ्चालन गरेका छन् । म्याग्दी सदरमुकाम बेनीमा डेंगु नियन्त्रण गर्न ‘ लामखुट्टेको खोजी र नष्ट अभियान’ सुरू गरिएको छ । बेनी नगरपालिका वडा नं ७ र ८ ले डेंगु सार्ने लामखुट्टेको बासस्थान भत्काउने तथा पहिचान गरी नष्ट गर्न समुदायलाई नै सक्रिय बनाएर डेंगु रोग सम्बन्धि सचेतनामुलक कार्यक्रमम सञ्चालन गरेको हो ।

म्याग्दीमा हाल डेंगु संक्रमणको संख्या १३ जना पुगेको छ । संक्रमणको जोखिम बढ्दै गएकाले डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बेनीबजारभित्रका दुवै वडामा आमा समुह, टोल सुधार समिति, नेपाल प्रहरी, यूवा क्लव, विद्यालयका विद्यार्थी सहितको टोलीले शनिबार सरसफाई गरेका छन् । टोलीले बजार क्षेत्रमा रहेको झाडी र फालिएका टायरहरुको समेत व्यवस्थापन गरेका छन् ।

स्वास्थ्य कार्यालय र भ्याली कलेज काठमाडौको प्राविधिक सहयोगमा एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरण समेत गरिएको थियो ।

जिल्लामा सबैभन्दा धेरै जोखिम बेनीबजार रहेकाले खोजी र नष्ट गर्ने कार्यक्रममा जोड दिनुपर्ने, विद्यालय स्तरमा चेतनामूलक कार्यक्रम सञ्चालन, बिरामीले हेलचक्राई गर्न नहुने, स्वास्थ्य कर्मीसँग परार्मस नगरी औषधी सेवन गर्न नहुने लगायतका बारेमा समुदायमा माईकिङ समेत गरिएको छ ।

डेंगुको संक्रमणबाट बच्नका लागि शुरुमा आफ्नै घर वरपर रहेको पानी जम्ने खाल्टाखुल्टी पुर्ने, गमलामा जम्मा भएको पानी फाल्ने र रामखुट्टेको लार्भा फाल्नका लागि सेचतनामुलक कार्यक्रम वडा वडामा पु¥याउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार