राष्ट्रिय महिला भलिबलमा प्रदेश नम्बर १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो (फोटो/भिडिओ )

  म्याग्दी न्युज संवाददाता

बेनी । बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शनिबार भएको खेलमा प्रदेश १ विजयी भएको छ । बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेको हो । विनिता राईनेतृत्वमा खेलेको प्रदेश १ ले मधेशलाई क्रमश ः २५–१३, २५–२२ र २५–१५ को अन्तरमा पराजित गरेको थियो ।

भिडिओ हेर्नुहोस्

याे पनि…

राष्ट्रिय महिला भलिबल : कर्णाली माथि आर्मीको जित (तस्बिर /भिडिओ )

लिक कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा एउटै समुहमा रहेको कर्णाली प्रदेशलाई विभागिय टोली त्रिभुवन आर्मीले पराजित गरेको छ । हार संगै कर्णाली प्रदेश लिग चरणबाट वाहिरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । कर्णाली पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित भएको थियो ।

शसस्त्र प्रहरीसँग शुक्रबार फराकिलो अन्तरका विच सोझो तीन सेटमा पराजित भएको नविना आचार्यको कप्तानिमा रहेको कर्णालीले सेनासँगको खेलमा प्रर्दशन सुधार गरेपनि जित निकाल्न सकेन् । प्रजना थापाको कप्टानीमा रहेको मधेशको टोलीले दोस्रो सेटमा प्रतिस्पर्धा गरेपनि पहिलो र तेस्रो सेटमा फराकिलो अन्तरमा प्रदेश १ संग पराजित भयो ।

आइतबार दश बजे शसस्त्र प्रहरी र नेपाली सेना तथा दिउँसो २ बजे बागमती र मधेश प्रदेशबीचको प्रतिस्पर्धा भएसँगै पहिलो चरणको खेल सकिने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

शनिबारको खेलमा सेनाकी संगम महतो र प्रदेश १ की समिक्षा राईलाई वमेन अफ द म्याच घोषणा गरिएको छ । हालसम्म ६ वटा खेल सकिएको छ । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीले सहभागिता जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार