बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ

  म्याग्दी न्युज संवाददाता

पोखरा । बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाइफकाइ करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन् । पक्राउ पर्ने तीनै जना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

करणी आरोपित किशोरहरू र बालिकाहरूबिच पहिलेदेखि नै चिनजान रहेको प्रहरी श्रोतले बताएको छ । फेसबुकबाट चिनजान भएका उनीहरु साथीको जन्म दिन मनाउन भन्दै बागलुङ पुगेका थिए। पोखराका किशोरहरू र पर्वतका किशोरीहरू बागलुङमा भेटेर बागलुङ–२ समिट चोकस्थित एक होटेलमा बसेका थिए ।

किशोरीहरू कसैलाई थाहा नदिई एक्कासि हराएपछि उनीहरुका अभिभावकहरूले भने खोजी गर्न सुरु गरेका थिए। खोज्ने क्रममा होटेलमा पुग्दा किशोर र किशोरीहरू होटेलमा सँगै बसेको र करणीसमेत गरेको खुलेपछि पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका किशोरहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीकाे भनाई छ । बालिकाहरूलाई भने बागलुङस्थित सेफ हाउसमा राखिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए ।  अनुसन्धानमा करणी गरेको पुष्टि भए र किशोरीहरूका अभिभावकहरूले जाहेरी दिएपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। नागरिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार