जिसस म्याग्दीको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा सकियो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी ।जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा सुरु भएको वार्षिक समीक्षा गोष्ठी एवं आठौं जिल्ला सभा शुक्रवार सम्पन्न भएको छ । वार्षिक समीक्षा गोष्ठीमा म्याग्दी जिल्लामा रहेका सङ्घीय तथा प्रदेशका विषयगत कार्यालयहरु, स्थानीय तह र गैरसरकारी संघसंस्थाले गएको आर्थिक वर्ष २०७८÷०७९ र चालु आव ०७९÷८० मा भए गरेका कार्यक्रम तथा प्रगतिको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला भित्रका १६ वटा कार्यालयहरुको साथै ६ वटा स्थानीय तह र केही गैरसरकारी संघसंस्थाले आ–आफ्नो प्रस्तुती राखेको जिल्ला समन्वय समितिले जनाएको छ । गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्साल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्य, बेनी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शंकरराज लामिछाने, शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले आ–आफ्नो कार्यालयको वार्षिक कार्यक्रमको प्रस्तुती गर्नुभएको थियो । यसैगरी कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल, पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा, पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख इन्जिनियर गुरुदत्त अधिकारी, आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख दामोदर शर्माले पनि समीक्षा गोष्ठीमा आ–आफ्नो कार्यालयको प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयका प्रमुख नरेश रेग्मी, डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाट, खानेपानी जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेल, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, सघन सहरी विकास तथा भवन निर्माण कार्यालय प्रमुख विनु चाकातु, नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीका प्रमुख प्रशान्त झा र नेपाल टेलिकम दुरसञ्चार कार्यालय म्याग्दीका प्रमुख दामोदर सिंखडाले पनि प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीमा बेनी नगरपालिकाका योजना अधिकृत कृष्णप्रसाद सुवेदी, धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत ध्रुव रिजाल, मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत हेमराज काफ्ले, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत पूर्णबहादुर खत्री, रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कृष्णप्रसाद ढकाल र अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत सुरणप्रसाद शर्मा पौडेलले आ–आफ्नो पालिकामार्फत सञ्चालित योजनाहरु, बजेट, नीति एवं कार्यक्रमहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

त्यस्तै गैरसरकारी संघसंस्थाहरुतर्फ मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, संगम म्याग्दीका सहसचिव सुनिता बेलबासे र वनहार्ट वल्डवाईडका जिल्ला संयोजक उपेन्द्र चन्दले पनि आ–आफ्नो वार्षिक कार्यक्रमसहित बजेट तथा कार्य प्रगतिको बारेमा प्रस्तुती गर्दै जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागीहरुले प्रस्तुत भएको प्रस्तुतीकरणमाथि आ–आफ्नो धारणा राखेका थिए ।
गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले सम्बोधन गर्नुभएको गोष्ठी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता, शाखा अधिकृत साधनाकुमारी श्रेष्ठ र नायव सुब्बा छबिलाल उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार